Wednesday 26th of February 2020

जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ

काठमाडौं । शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीमा कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्