Friday 28th of February 2020

३३ किलाे सुन प्रकरण: गोरे को बयान आइतबार पनि जारी रहने

मोरङ । मोरङ जिल्ला अदालतमा गत बुधबार सुरु भएको बयान आगामी आइतबार पनि जारी रहने जिल्ला अदालत मोरङले जनाएको छ ।

अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमकाअनुसार गोरेको बयान आइतबार सम्म लीई सकिने र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।
गोरे लाई बयानकाक्रममा आइतबार भिडियो सामग्री पनि देखाइने पनि जनाइएको छ ।
शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घन्टा उनको बयान लिइएको थियाे । गोरेबाट अहिलेसम्म लग भग २८ पेजको बयान लिइसकीएको गौतमले बताएकाछन ।

बयानकाक्रममा गोरेले कुरालाई अन्यत्र मोड्ने प्रयास बारम्बार गर्ने गरेको पनि बयानमा वकिल ले बताएका छन् । यसैबीच, सुन तस्करी र सनम हत्याकान्डमा संलग्न भएको आरोपमा बिहीबार मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएका रेवत आचार्यमाथि अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।

प्रहरीले आर्चायलाई शुक्रबार अदालतमा हाजिर गराएर म्याद थप गरेको हो ।गोरेले दिएको बयानका आधारमा उर्लाबारीका सुन व्यापारी आर्चायलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्