Saturday 21st of September 2019

‘कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका निभाउन सकेन’

मोरङ । कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले संघीय र प्रदेश संसदहरुमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । गुराँस पुस्तकालय बरगाछी, विराटनगरको स्थापना दिवसमा कोइरालाले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रतिपक्षले मौन समर्थन जनाउनु गलत भएको बताएका हुन् ।

‘कांग्रेसले न त हुन्छ बोल्छ न त हुँदैन भन्छ,’ उनले भने, ‘यसरी मुलुकमा लोकतन्त्र कमजोर हुँदै गएर खतरामा पर्ने भएकोले सबैलाई सचेत हुनु आवश्यक छ ।’ अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

सर्वोच्च अदालतलाई नेतृत्व विहीन राखेर न्यायालयलाई कमजोर पार्नु र प्रधानमन्त्री कार्यलयमा अधिकार केन्द्रित गर्दै गएको लगायत परिदृष्यले लोकतन्त्र खतरामा रहेको उनले आशंका व्यक्त गरे ।

गणतन्त्र दिवसको अवसरमा सरकारले बालकृष्ण ढुंगेललाई रिहाइ गर्ने योजनाले पनि सरकारको अधिनायकवादी चरित्र उदांगिदै गएको उनले बताए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अनिर्णयको बन्दी बनाएर पार्टी समाप्त गर्दै गएको कोइरालाले गुनासो पोखे ।

‘सभापति देउवाको कार्यकाल अब १ बर्ष ९ महिना बाँकी रहेको अवस्था छ,’ उनले भने, ‘त्यसैले पार्टी सभापति देउवाले अर्ली अधिवेशनमा जानेकी पूर्ण कार्यकाल बिताउने भन्ने बारे निर्णय गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्