Friday 21st of February 2020

५० हजार घूससहित रोजगार विभागका कर्मचारी पक्राउ

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत रामप्रसाद ढुंगानालाई ५० हजार घूससहित बिहीबार दिउँसो पक्राउ गरेको छ ।

आयोगको टोलीले ढुंगानालाई कार्यकक्षबाटै पक्राउ गरेको हो । उनले वैदेशिक रोजगार कार्यालयबाट विज्ञापन गर्न अनुमति नपाएको म्यानपावरले कामदार भर्ना प्रक्रिया सुरु गरेको मुद्दामा अनुसन्धान गरेका थिए । त्यही फाइलमा लेनदेन गर्ने क्रममा अख्तियारले ढुंगानालाई घूससहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्