Tuesday 31st of March 2020

देउवाबाट नेतृत्व खोस्न कोइराला परिवाको यस्तो रणनिति

काठमाडौं । प्रतिपक्षी दल कांग्रेसभित्र पार्टी बलशाली बनाउने बहस चलिरहँदा कोइराला परिवारका सदस्यको रणनीति र सक्रियताबारे सबैमा चासो देखिन थालेको छ।

पछिल्लो महाधिवेशनदेखि नै शीर्ष नेतृत्वको घेराबाट बाहिरिएको कोइराला परिवार यति बेला योजनावद्ध रुपमा आफ्नो साख र शक्ति आर्जन गर्ने प्रयत्नमा रहेको छ।

को के गर्दैछन् ?
महामन्त्री शशांक कोइराला देउवा–पौडेल दुवै नेतालाई समान दुरीमा राख्न र आफूलाई आफूलाई सन्तुलित छविको नेता बनाउन प्रयासरत छन्।

केन्द्रीय सदस्य शेखर कोइराला पार्टी पार्टी नेतृत्वको आलोचना गर्दै तल्लो तहका नेता तथा कार्यकर्तासँग संवाद र अन्तक्रिया गरिरहेका छन्।

केन्द्रीय सदस्य सुजाता कोइराला भने क्यान्सरको उपचारपछि घरमै आराम गरिरहेकी छन्। यद्यपी राजनीतिक भेटघाट र छलफलमा भने सक्रिय छिन्। सबै नेताको ध्यान कोइराला परिवारबाट गुमेको पार्टी नेतृत्व आफ्नो हातमा फर्काउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्