Friday 21st of February 2020

आज मुस्लिम समुदायको ईद पर्व मनाईदै

काठमाडौं । शनिवार संसारभरका मुस्लिम समुदाय इद अल–फित्र पर्व मनाएर पवित्र रमजान महिनाको अन्त्य गर्दैछन् ।

महिनाभरको कठिन ब्रत पछि मिष्टान्न भोजन गरी पर्वको अन्त्य गरिन्छ । मुस्लिम समुदायका ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । नेपालमा वसोवास गर्ने मुस्लिम समुदायले आज इद अल फितर धूमधामका साथ मनाउँदैछन् ।

हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने यो प्रमुख चाड हो । एक महिनासम्म सुर्य अस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिन चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । आजका दिन नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।

ईदको दिनमा बिहानै स्नानगरी नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुभन्दा अधि गरीब, असहाय वा मदरसाहरूलाई दान दिने चलन रहेको छ् । नेपालमा मुस्लिम समुदायका प्रत्येक व्यक्तिलाई रु. ५५ सद्का–ए–फित्र निर्धारण गरिएको छ ।

हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीब गुरूवाहरूको पनि सहभागी बन्न सकुन् भनेर धनीहरूले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा (दान) गर्नु पर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्