Sunday 8th of December 2019

छोरीको पेटमा आफ्नै बाबुको गर्भ, ज्वाई विदेश रहेको मौकामा पटक–पटक बलात्कार

गुलरिया । गुलरियाको बढैयाताल–८ मा एक बाबुले छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

माइत आएकी छोरीलाई गत वर्ष कार्तिकदेखि उनले पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महताले श्रीमान् विदेश गएको मौका छोपी माईत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दै आएका थिए । थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले जानकारी गराएका छन् । श्रीमान् विदेशबाट फर्केपछि बाबुविरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्