Friday 3rd of April 2020

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड

काठमाडौं । पहिरो बाढीलगायतका विपदमा परेर ज्यान गुमाउने व्यक्तिहरुलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रकम जम्मा भएको छ।

अर्थ मन्त्रालयले बुधबार मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैया निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो। त्यसअघि कोषमा २ अर्ब १६ करो रुपैयाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवत्ता विनोदबहादुर कुँवरका अनुसार कोषले दैवी प्रकोपका घटनामा आर्थिक सहयाता दिन तथा प्रकोपमा परेका व्यक्तिको उद्धारका लागि सोही कोषबाट गृहमन्त्रालयलाई रकम उपलब्ध गराउने छ।

गृहले विपदमा परेर ज्यान गुमाउने, घाइते हुने तथा सम्पत्ति गुमाउने पीडितलाई आर्थिक सहायत उपलब्ध गराउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्