Thursday 27th of February 2020

अनुहारमा अनावश्यक रौं आएर दुःख दियो ?

एजेन्सी । धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् ।शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् ।

जसले तपाइँको रौं लाई केहि दिनको लागि मात्र हटाउन मद्धत गर्दछ । तर आज हामी तपाइँलाई अनुहारको रौं को समस्याबाट सधैंको लागि छुट्कारा दिलाउने प्राकृतिक घरेलु उपायबारे जानकारी दिन्छौं ।यस उपायमा प्रयोग हुने सामाग्रीहरुमा पौष्टिक तत्व ( भिटामिन ) , खनिज पदार्थहरु प्रशस्त मात्रामा पाईनुका साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसको प्रयोगबाट छालामा चमक आउनुको साथै छाला स्वस्थ हुने गर्दछ । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग छाला भएको कारणले गर्दा छालामा हामीले जे प्रयोग गरेपनि यसलाई रगतले सिधै सोस्दछ ।

सामाग्रीहरु :

१) २ चम्चा मह

२) १ चम्चा जौ को धुलो

३) २ चम्चा कागतीको रस

बनाउने विधि :

मथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि मिश्रणलाई रौं हटाउनुपर्ने ठाउँमा दल्नुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले पखाल्नुहोस् । तपाइँले यसको प्रयोग गर्दा अनुहारमा क्रिम पनि लगाउन सक्नुहुन्छ । यस विधिलाई हप्तामा २–३ पटक प्रयोग गरी एक महिनापछि पुन : यस विधिलाई अपनाउनुहोस् । तपाइँको अनावश्यक रौं सधैंको लागि हट्नेछ ।

यस विधिबाट कुनै पिडा नहुने हुँदा तपाइँले यसको प्रयोग सजिलै गर्न सक्नुहुन्छ । यस विधिको जाँचको लागि सबैभन्दा पहिला हातमा लगाएर हेर्नुहोस् र कुनै प्रकारको जलन नभई राम्रो असर देखिएमा मात्र यसलाई अनुहारको छालामा प्रयोग गर्नुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने , विशेषज्ञको सल्लाह लिएर मात्र यस विधिको प्रयोग गर्नुहोस् ।

थप जानकारी तलको भिडियोबाट

अनुहारमा रौं पलाएर हैरान हुनुभएको छ ? स्थायी रुपमा यसरी हटाउनुहोस् (भिडियोसहित)

अनुहार तथा छालामा अनावश्यक रौं आएर हैरान हुनुभएको छ ? छ भने अब यो झन्झटबाट सदाका लागि मुक्ति पाउने उपाय नेपालमा आइसकेको छ । कसरी आउँछ रौं र यसलाई सदाका लागि कसरी हटाउने ? छाला तथा लेजर रोग विशेषज्ञ डा. राजनबाबु तम्झ्याका सुझावः
लेजरको माध्यमबाट शरीरको कुरुपतालाई हटाउन सकिन्छ । अनावश्यक रौं, ट्याटु, दाग, अनुहारमा देखापर्ने खाल्डाखुल्डीलाई कस्मेटिक पद्धति वा लेजरका माध्यमबाट हटाउन सकिन्छ । नेपालमा अहिलेसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी अनुहारको रौं हटाउन यो पद्धति प्रयोगमा ल्याइएको छ ।

शरीरमा अनावश्यक राैं आउने कारण

१.पुरुषको तुलानामा महिलामा बढी यस्तो समस्या देखा पर्छ । कारण महिलामा हर्मोन छिटोछिटो गडबड हुने गर्छ ।

२. महिलाको पाठेघरमा ट्युमर पलायो भने पनि अनुहारमा पुरुषको जस्तै दाह्री, जुगा देखा पर्छ ।

३. छालासम्बन्धी कुनै पनि रोग लागेको छ भने यस्तो समस्या देखापर्छ ।

४. थाइराइट भएका व्यक्तिमा पनि यो समस्या बढी देखापर्छ ।

५. वंशाणुगत गुणका कारण पनि यो समस्या देखापर्छ ।

यो पद्धतिबाट यसरी रौं हटाउने
स्थायी रुपमा रौं हटाउन यो माध्यम सबैभन्दा उत्तम विकल्प हो । तुलानात्मक रुपमा यो पद्धतिबाट रौं निकाल्दा जोखिम न्यून मात्रामा देखा पर्छ । जुन रौं निकाल्नुपर्ने हो, त्यही रौंको फेदमा लाइट (एक प्रकारको किरण) राखेर रौं पलाउने नसालाई निष्कृय पार्छ । यो प्रक्रिया चिकित्सकको सल्लाह बमोजिम ४, ५ पटक गरेपछि रौं स्थायी रुपमै हट्छ । यसले अन्य भागमा कुनै असर गर्दैन ।

यसको असर
एकदमै कम सङ्ख्यामा बाक्लो छाला हुनेहरुमा कहिलेकाहीँ अल्सरको समस्या देखापर्छ । तर यो १०० मा १ जनामा देखा पर्न सक्छ ।

यो पद्धति कत्तिको महँगो छ ?
लेजरको माध्यमबाट रौं हटाउन धेरै खर्च लाग्दैन । जानकारी भए सबै वर्गको पहुँचमा पुग्छ । धेरै समय पनि लाग्दैन ।

रौं निकालेपछि यी कुरामा ध्यान दिनुपर्छ
१. २, ४ दिनसम्म सूर्य प्रकाशबाट जोगिनुपर्छ ।
२. जथाभावी क्रिम तथा औषधीको प्रयोग गर्नु हुँदैन ।

थप जानकारी तलको भिडियोबाट

प्रतिक्रिया दिनुहोस्