Saturday 21st of September 2019

जहाजभित्र भिखारी !

अहिले सामाजिक सञ्जालमा एउटा अचम्मको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा एउटा जहाजमा मानिसहरू हाँसिरहेका पनि छन् र अचम्ममा पनि परेका देखिन्छन् । खबरका अनुसार, पाकिस्तानको कराँचीबाट थाइल्याण्डको बैंककका लागि उडेको जहाजमा एकजना भिखारी देखिएका छन् । जसका कारण फ्लाइट एटेन्डेन्ड्सहरू र यात्रु सबै चकित परेका छन् ।

ती भिखारी व्यक्ति पाकिस्तानी नागरिक भएको भनिएतापनि नागरिक उड्ययन प्राधिकरणले भने ती व्यक्ति इरानी भएको दाबी गरेको छ । भिडियोमा स्पष्ट देख्न सकिन्छ कि सीटको बीचको प्यासेजमा धुलोमैलो अवस्थामा ती व्यक्ति यताउता हेरिरहेको छन् । जहाजका एटेन्डेन्टले सोधपुछ गर्दा ती व्यक्तिले एउटा कागज देखाएको देखिन्छ । ती व्यक्ति कडा सुरक्षा जाँच छलेर कसरी र कुन तरिकाले जहाजभित्र कसरी पुगे भन्ने कुराको चर्चा चलेको छ ।