Tuesday 18th of February 2020

आफैंले जारी गरेको अध्यादेश विपरीत सरकारले विधेयक ल्यायो

काठमाडौं । संसद् नभएको बेला मात्र सरकारले तत्कालीन कानूनका रुपमा अध्यादेश जारी गर्न पाउँछ । २४ कात्तिकमा देउवा सरकारले चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो ।

२१ फागुनमा वर्तमान संसदको अधिवेशन शुरु भएकाले ६० दिनभित्र खअर्थात् २० वैशाखभित्र सो अध्यादेश संसदबाट पारित गर्नुपर्ने थियो । तर संसद अधिवेशन २३ वैशाखबाट शुरु हुने गरी आह्वान गरिएको थियो । त्यसैले केपी ओली नेतृत्वको वर्तमान सरकारले त्यो अध्यादेश खेर जान दिएन । बरु १३ वैशाखमा जस्ताको तस्तै जारी गर्यो ।

देउवा सरकारले ल्याएको अध्यादेशमा कुनै पनि अक्षर तलमाथि नगरी राष्ट्रपतिमार्फत जारी गरेको थियो । तर आफैंले जारी गरेको अध्यादेशविपरीत विधेक ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्