Sunday 23rd of February 2020

सेनाको आधुनिकीकरण गरिने

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्।

राष्ट्रियसभा विनियोजन विधेयकमाथिको छलफल कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। पोखरेलले नेपाली सेनालाई समयको गतिसँगै अघि बढ्न सक्ने दक्ष, चुस्त दुरुस्त बनाउन तालिम र अभ्यास गराउने काम भइरहको छ।

सेनाको छनोट तथा बढुवामा योग्यता र कार्यदक्षताका आधारमा बढुवा गरिएको बताउँदै नेपाली सेनालाई समावेशी संगठनात्मक रुपमा बलियो बनाउने काम भएको जानकारी गराए।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा, संयुक्त राष्ट्रसंघको बडापत्र, असंग्लग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय मान्यतालाई स्वीकार गर्दै राष्ट्रको हितलाई सर्वोपरि ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्