Tuesday 12th of November 2019

विजय गच्छदारसँगको सहमति कार्यान्वयन हुने

काठमाडौं । कांग्रेसले एक साताभित्रै विधान मस्यौदा समिति, अनुशासन समिति गठन र विजयकुमार गच्छदारको पार्टीसँग गरिएका सहमतिलाई अघि बढाउने भएको छ ।

मंगलबार बेलुका बसेको कांग्रेसको पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यको बैठकले यी विषयमा ढिलाइ नगर्ने निर्णय गरेको कोषाध्यक्ष सीतादेवी यादवले जानकारी दिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अब पनि विधान मस्यौदा समिति गठन नगर्दा महासमिति बैठक समयमा गर्न नसकिने सुझाब नेताहरूले दिनुभएको छ,’ यादवले भनिन्, ‘सकेम्म छिटो एक साताभित्रै सभापति र नेता रामचन्द्र पौडेलले विभिन्न समिति गठनमा सहमति गर्ने भन्नुभएको छ ।’

विधान मस्यौदा समितिको नेतृत्व महामन्त्री पूर्णबहादुर खड्कालाई दिनेमा नेता सहमत छन् । तर, समितिमा को–को सदस्य रहने भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्