Monday 16th of December 2019

विश्वकपको उपाधिका लागि आइतबार फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा

काठमाडौँ । फिफा विश्वकप फुटबल २०१८ प्रतियोगिताको उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । फ्रान्स सन् १९९८ को च्याम्पियन टिम हो । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले फाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो ।

उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जियम र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेपनि फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्