Tuesday 31st of March 2020

टिचिङ अस्पतालका चिकित्सकद्वारा सडकमै ओपिडी

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का चिकित्सकहरूले सडकमै ओपिडी सेवा दिन थालेका छन्।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले आज शुक्रबार देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेर माइतीघर मण्डलामा सेवा दिन थालेका हन्।

१४ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको भन्दै नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएको बताएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत बसेका छन्। दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्