Tuesday 25th of February 2020

नयाँ इन्टरनेट कनेक्सन जोड्दै हुनु हुन्छ ? यी कुराहरु विचार गर्नुहोस

काठमाडाैं । हिजो आज इन्टरनेटबिनाको जीबन अधुरो झैँ छ । फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक संजाल तथा मेसेजिङ एप नचलाई हामीलाइ रहनै मुस्किल हुने गर्दछ, अझ युट्युबले हामीलाई मनोरंजन दिने देखि हामीले त्यहाबाट धेरै कुरा सिक्ने पनि अवसर पाएका छौ ।

चाहे मनोरन्जनको लागि होस् या ज्ञानगुनका कुरा सिक्न, चाहे बिदेशमा बसेका आफन्त साथीभाइसंग सम्पर्कमा रहन हामीलाई इन्टरनेट अपरिहार्य भएको छ ।

आउनुहोस् आज तपाइलाई घरमा कस्तो इन्टरनेट कनेक्सन राख्ने भन्ने बारेमा जानकारी दिदै छु ।

तपाइँ आफुलाइ नया इन्टरनेट जोड्न परेको छ भने यी कुराहरु ध्यान दिनु अति आबश्यक छ ।

१ )इन्टरनेट सेवा प्रदायकको छनौट
सबै भन्दा पहिला तपाइले कुन कम्पनीको इन्टरनेट जोड्ने त्यो निर्णय गर्नु पर्दछ, कुन कम्पनीले सस्तो र गुणस्तरीय सेवा दिन्छ त्यस बारेमा बुझ्नु जरुरी छ ।

२) कम्पनि छनौट गर्दा तपाइ बस्ने क्षेत्रमा त्यो कम्पनीले आफ्नो सेवा उपलब्ध गराएको छ कि छैन भन्ने ख्याल गर्नु पर्दछ ।

३) कम्पनि छनौट गर्दा त्यो कम्पनीले दिएको अफर, प्रदान गर्ने सपोर्ट कत्तिको राम्रो छ भन्ने बुझ्नु जरुरि छ, कुनै कुनै कम्पनीले अत्यन्त सस्तोमा इन्टरनेट सेवा अफर गरेपनि इन्टरनेट लगातार नचल्ने, धेरै एमबिपीएसको भने पनि अत्यन्तै सुस्त चल्ने, कम्प्लेन गर्दा कुरा मात्र सुन्ने र समस्या भने उही रहने हुन्छ ।

४)तपाइको एरियामा छिमेकीहरुले कुन कुन कम्पनीको इन्टरनेट जोडेका छन् र तिनको सेवा कस्तो छ भनेर तपाइले बुझ्न पनि सक्नु हुन्छ र आबश्यक निर्णय लिन सक्नु हुनेछ ।

५ )कतिको स्पीड लिने ?

तपाई इन्टरनेटमा के के चलाउनु हुन्छ, त्यो विचार गर्नुहोस । सामान्यतया फेसबुक, युट्युब ,इमेल चलाउन मात्र इन्टरनेटको प्रयोग गरि रहनु भएको छ भने धेरै एमबिपीएसको इन्टरनेट जोड्नु पर्ने आबस्यक हुन्न । सबै भन्दा सस्तो प्याकेज लिदा हुन्छ ।

६) कति समयको लागि लिने ?

सामान्यतया हामी इन्टरनेट कनेक्सन लिंदा कति समयको लागि लिने भन्ने त्यति ख्याल गर्दैनौ । हिजो आज आफ्नो ग्राहक आफुसंग राखी रहन इन्टरनेट सेवा प्रदायकले १ बर्षे अबधिमा १ महिनाको तुलनामा धेरै सस्तो मुल्यमा इन्टरनेट सेवा उपलब्ध गराईरहेका हुन्छन ।

प्रतिक्रिया दिनुहोस्