Wednesday 19th of December 2018

कृषि राज्य मन्त्री श्रीमानसहित हनिमुन मनाउन ब्राजिल, कृषिका कर्मचारीले प्रधानमन्त्रीको आदेश मानेनन

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मंगलबारबाट विदा भइसक्यो । तर, बजेट सक्न राज्य कोषको दोहन भने जारी नै छ । गतवर्षको स्वीकृत कार्यक्रमको नाममा भ्रमणमा बजेट दुरुपयोग गर्न आर्थिक वर्ष सकिएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका कर्मचारीहरु र राज्य मन्त्री श्रीमान सहित विदेश भ्रमणका लागि दौडथुप गरिरहेका थिए । त्यस अन्तरगतका परियोजनाका धेरै कर्मचारीहरु विदेश भ्रमणमा रमाइरहेका छन ।

राज्य मन्त्री रामकुमारी चौथरी श्रीमान सहित ब्राजिल भ्रमणको लागि भिषा लिन कर्मचारीहरु दौडथुप गरिरहेका थिए । यो असार मसान्तको अन्तिम दिन । धेरै कर्मचारीहरु विदेश भ्रमणका लागि अन्य कर्मचारीहरुसँग विदा लिर्दै थिए । मिठो मिठाइ ल्याइदिने र ल्याउने कुरा भइरहेको थियो ।

कृषि मन्त्रालयका प्रयाः सबै परियोजनाका कर्मचारीहरु विदेश भ्रमणमा रहेका छन । यसै समयमा किसानहरु कृषि मन्त्रालय अन्तरगत प्याट परियोजनाले काम लगाएर अनुदान नदिदा आफुहरु निक्कै अप्ठारोमा पुगेको गुनासा लिएर मन्त्रालय धाइरहेका थिए । प्याट परियोजनाका कर्मचारीहरु पनि विदेश भ्रमणमा रहेका कारण किसानले गरेका कामको भुक्तानी समेत प्रभावित भएका छन । कर्मचारीहरु असार अन्तिममा पैसा सकाउन कै लागि अवलोकन भ्रमणका नाममा कर्मचारीहरु लगातार भारत र अन्य मुलकको भ्रमणमा निस्किँदैछ छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारी अनावश्यक काममा विदेश भ्रमण नगर्ने सरकारको नियमलाई लत्याउँदै विदेश उडेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कर्मचारीको टोली पनि भारत उड्न तयारी गर्दैछ ।

सरकारले जारी गरेको निर्देशिका विपरीत भ्रमणमा जान लागेको भन्दै प्रधानमन्त्री कार्यालयले मंगलबार लेखेको पत्रलाई पनि रद्दीको टोकरीमा फालेर कर्मचारीको जम्बो टोली विदेश उडेको हो । मंगलबार र बुधबार मात्रै ३ पटक गरेर ६० जना कर्मचारी भारत भ्रमणमा निस्किएका छन् ।

कृषि विकास मन्त्रालयका उच्च अधिकारीले नै प्रधानमन्त्री कार्यालयको निर्देशन मान्नु नपर्ने भनेपछि कर्मचारीको भ्रमण नरोकिएको हो । बुधबार मात्रै २३ जना कर्मचारीको टोली भारत भ्रमणमा गएको छ ।

हालसम्म ६० जना कर्मचारी ७ दिनका लागि भारत भ्रमण गइसकेको परियोजना स्रोतले जानकारी दियो । यो भ्रमणलाई कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले नै स्वीकृति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्