Thursday 23rd of January 2020

डा. गोबिन्द केसीको विपक्षमा जनमत जुट्दै, अमुक लुटेराको स्वार्थपूर्ति गर्न केसीको अनसन

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले डा गोबिन्द केसीको समर्थनमा संवेदनशिल स्वास्थ्य संस्था बन्द गर्न नसकिने जनाएको छ । युनियनले अमुक लुटेराहरुको स्वार्थपूर्तिका लागि डा गोविन्द केसी अनसन बसेको आरोप समेत लगाएको छ ।

नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गरी अस्पतालजस्तो संवेदनशिल विषयमा बन्द हड्ताल अमान्य हुने जनाएको छ । चिकित्सक संघका केही ब्यक्तिको निर्णयबाट देशैभरका स्वास्थ्यसंस्था बन्द गरी सरकारको बिरोधमा उत्रने घोषणा गरे पछि युनियनका अध्यक्ष चन्द्र थापा र महासचिव महासचिव कमला लुईटेलले विज्ञप्ती जारी गरी अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा हुने हड्ताल अमान्य हुने बताएका छन । केसीको बारम्बारको अनसन र गैरकानुनी रुपमा हुने अस्पताल बन्द देश र जनताका लगि हुनै नसक्ने भन्दै त्यसको प्रतिरोधमा उत्रने बताएका छन ।

युनियनकी महासचिव लुईटेलले सरकारी अस्पताल बन्द गर्दा निजी क्लिनिकमा जनतालाई लुट्न पठाएजस्तो हुने समेत जनाएकी छन् । उनले अमुक लुटेराको स्वार्थ सिद्ध गर्न एक जना केसीलाई मोहरा बनाएर अन्य ब्यक्तिले राजनीतिक स्वार्थ सिद्ध गर्न खोजेको उल्लेख गरेका छन् । उनीहरुले केसीको यस्तो ब्यवहारले विधि र कानुन विपरितका गतिबिधि मौलाउने र स्वास्थ क्षेत्रका विसङ्गति यथावत रहने अवस्था आएको भन्दै चिन्ता प्रकट गरेका छन् । महासचिव लुइटेलले युनियन आवद्ध स्वास्थ्यकर्मी तथा कर्मचारी सबै काममै रहेको समेत जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्