Sunday 18th of August 2019

डा. केसीका माग पूरा नभए अागाे बल्छ : पूर्वप्रधान्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीकाे माग पुरा नभए देशमा आगो बल्ने बताएकी छन् ।

शनिबार डा. केसीको समर्थनमा सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सद्वारा आयोजित प्रदर्शन कार्यक्रमकाे काेणसभामा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो कुरा बताएकी हुन् ।

‘एक मानिस मृत्युशैय्यामा छ।अक्सिजन, कारामिन दिएर भएपनि बचाउनु सरकारको धर्म हो।’ कार्कीले भनिन्, ‘डा. केसीले तपाई हाम्रो निम्ति माग राखेका छन्।उनीकुनै दलको कार्यकर्ता होइनन्। जनताको आवाज बोलेका हुन्।’

डा. केसी जनताका लागि काम गर्दै अाएकाे सरकारमा बस्ने सबैले बुझेकै हो भन्दै उनलेसरकारले जनताले भनेको कुरा मान्नु पर्ने बताइन्। ‘यदि केसीकाे माग पूरा भएन भने देशमा आगो बल्छ।’

केसी समर्थकहरुले आइतबार बिहान १० बजेदेखि ५ बजेसम्मबसन्तपुर क्षेत्रमा सामुहिक अनसन बस्ने घाेषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्