Thursday 23rd of January 2020

भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

काठमाडौं। मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रुोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ ।

तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए । सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन ।

अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो । दुतावासकाे दायरा बाहिर चलेकाे कम्पनीले साेझै मलेसियाली सरकारसंग सम्झाैता समेत गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्