Wednesday 26th of February 2020

‘गुन्द्रुक’ पनि चीनबाट अाउछ नेपालमा

काठमाडाैं । गुन्द्रुक नेपाली मौलिक तरकारी हो ।

देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।

निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।

रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ ।कार्यालयका अनुसार २०७३/७४ मा ७ सय ३ किलाे र २०७४/७५ मा १ सय ४० किलाे गुन्द्रुक भित्रिएकाे हाे । व्यापारीका अनुसार बजारमा प्रतिकिलाे गुन्द्रुककाे मुल्य २ सय २० रूपयाँदेखि २ सय ५० रूपयाँ छ ।

प्रतिक्रिया दिनुहोस्