Friday 21st of February 2020

ट्रिपरको ठक्करबाट बनेपामा एक मृत्यु, स्थिति तनावग्रस्त

काठमाडौं । बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि बनेपा बजार तनाव उत्पन्न भएको छ ।

आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको सनाखत हुन सकेको छैन ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि प्रशासनले टाइम कार्ड लागू गरेको थियो । तर, अझै ट्रिपर आतंक रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्