Tuesday 21st of January 2020

नख्खु कारागारभित्रै बिष खुवाएर कैदीको हत्या, यसरी खुल्यो पोल

काठमाडौं। कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्त बहादुर सुनारको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले ‘स्लो पोइजन’ खुवाएर सुनारको हत्या भएको खुलेको हो । नख्खु कारागार ललितपुरमा कैद भुक्तान गर्दै गरेका बर्दियाको साविक ठाकुरद्धारा गाबिस ५ बस्ने ३२ वर्षिय भक्त बहादुर सुनारको हत्या पुष्टि भएको हो ।

गत वैशाख १९ गते ज्वरो तथा बान्ता समेत भएका कारण उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनी २० गते बेलुका फेरि बिरामी भएका थिए । ईमर्जेन्सीमा भर्ना गर्नुपर्नेमा वीर अस्पतालमा आईसियु वार्ड खाली नहुँदा पाटन अस्पताल लगिएको थियो । तर उनको उपचारका क्रममा २२ गने दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । नख्खु कारागारमा अनियमितता भएको भन्ने पत्र प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान पश्चात अभिषेक राज सिंह, सप्तरीका मनोज कुमार चौरासीया र दोलखाका ध्रुव कृष्ण शर्मा दोषी देखिएकाले मुद्दा दायर गरिएको सीआईबी जनाएको छ ।

अनुसन्धान पश्चात खुल्न आएका तथ्यहरु

-अभिषेक राज सिंहको मुख्य योजनामा बनस्पतिजन्य पदार्थको बिष तयार गरी भक्त बहारदुर सुनारलाई खाना समेतमा प्रयोग गरी हत्या गरी योजना बद्ध ढंगले जेल प्रशासन र आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो बर्चश्व स्थापित गर्नुको साथै चौकिदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको ।

  • अभिषेक राज सिंहले हत्याको योजना तथा बिष तयार र त्यसको प्रयोगमा मनोज कुमार चौरसिया समेतको सहयोग लिएको त्यसै गरी बिष बनाउन आबश्यक पर्ने बनस्पतिजन्य पदार्थ ध्रुबकृष्ण शर्माले जेल भित्र पुर्याउने कार्य गरेको खुल्न आएको ।

    -मृतक भक्त बहादुर सुनारको साथमा भएको भनिएको कारागारमा हुने गरेको अनियमितता र निजमाथी भएको दुर्ब्यबहार सम्बन्धमा माननीय गृहमन्त्रीज्युलाई सम्बोधन गरी लेखिएको पत्र अभिषेक राज सिंहले भने बमोजिम ध्रुबकृष्ण शर्माले मृतक भक्त बहादुर सुनारले दाजुलाई दिन भनि अस्पतालमा आफुलाई दिएको थियो भनि मृतकको दाजुलाई दिन लगाएको । तर त्यो पत्र अभिषेक सिंहको योजनामा मृतक भक्त बहादुर सुनारलाई लेख्न लगाई निजलाई अस्पताल लैजानु अघिनै १९ गते ध्रुबकृष्ण शर्माले ललितपुरको एक साईबरबाट पत्र स्क्यान गरी गृह मन्त्रालयमा मेल गरी पठाएको खुल्न आएको ।

-अभिषेक राज सिंहले बिगतमा गरेका तीन वटा हत्या सुर्खेत,भक्तपुर,जनकपुर जिल्लामा) र रुपन्देही जिल्लामा गरेको ज्यान मार्ने उद्योगमा समेत बिषादीको प्रयोग गरी घटना घटाएको पाईएको ।

प्रतिक्रिया दिनुहोस्