Sunday 22nd of September 2019

कोष हत्याउन आरजुका मान्छेको चलखेल, पाल्पाका प्रजिअले महासचिवको बद्नाम गर्दै

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिव पदका लागि बद्नाम व्यक्तिहरुको दौडधुप शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले क्याबिनेटमार्फत हटाएका कोषका निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सोही पदमा पुनर्नियुक्तिका लागि चलखेल शुरु गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पर्यटन, नागरिक तथा उडड्यनमन्त्री जितेन्द्र देवको पालामा त्रिपाठीले उपाध्यक्षमा नियुक्ति पाएका थिए ।

देउवा पत्नी आरजु देउवा राणाको दवावमा जितेन्द्र देवले त्रिपाठीलाई नियुक्ति गरेका थिए । त्यस बेला त्रिपाठीले जितेन्द्र देवलाई मात्रै तीन करोड बुझाएर उपाध्यक्ष पद हत्याएको चर्चा चलेको थियो ।

त्रिपाठीले त्यति नै पैसा आरजुलाई पनि दिएको भन्दै आरजुकै बद्नाम भएको थियो । कोषको उपाध्यक्ष पद अत्यन्तै आकर्षक मानिन्छ ।

वर्तमान सरकारले उपाध्यक्ष पदबाट हटाएपछि आत्तिएका त्रिपाठीफेरि सोहि पदमा फर्किन अहिलेका पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका कर्मचारीसँग सेटिङ मिलाउन थालेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले त्रिपाठीलाई रुचाएको छैन ।

त्रिपाठीको ठाउँमा नेकपाकै कुनै राम्रो मान्छेलाई कोषको उपाध्यक्ष बनाउन ओलीको सचिवालयले तयारी थालेको छ । ओलीको सचिवालयले भने सुरज बैद्यलाई उपाध्यक्ष बनाउने तयारी गरिरहेको छ ।

विवादास्पद छविका त्रिपाठीमाथि क्रिश्चियन धर्मलाई फाइदा हुने गरेर गतिविधि गर्ने गरेको आरोप छ । त्रिपाठीले बौद्ध धर्मप्रति शुभेच्छा राख्नेहरुलाई भन्दा पनि क्रिश्चिनय धर्मलाई सहयोग मिल्ने गरेर गतिविधि गरेको भनेर बौद्ध भिक्षुहरुले यसअघि पनि विरोध जनाइसकेका छन् ।

उता, केही दिनभित्रै अनिवार्य अवकासको मुखमा रहेका पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद ढकालले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा मुख मिठ्याएर बसेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको नाम भजाएर प्रजिअ ढकालले कोषको कार्यालय र आर्थिक स्रोतका बारेमा जानकारी लिने जस्ता क्रियाकलाप गर्न थालेको उच्च स्रोतले जनाएको छ ।

‘लुम्बिनी विकास कोषको सदस्य सचिव भएर म आउँदै छ । के कस्तो छ विचार गरेर मात्रै काम गर्नु होला है, आम्दानीका स्रोतहरु के छन् ?’, कोषका एकजना कर्मचारीले भने, ‘विष्णुप्रसाद ढकालले नेकपाका महासचिव विष्णु पौडेलको नाम लिएर हामीलाई फोन गर्न थाल्नु भएको छ ।’

स्याङजा घर भएका प्रजिअ ढकाल पाल्पामा सरुवा हुनु अगाडि रुपन्देही जिल्लामा काम गरेका थिए । सोही बेला लुम्बिनी विकास कोषको आकर्षक कमाइ र पदमा आँखा लगाउँदै आएका थिए ।

नेपाली कांग्रेस निकट मानिने प्रजिअ ढकाल कोषको सदस्य सचिव पाउनका लागि नेकपामा प्रवेशको तयारी समेत गरेका छन् । रुपन्देही जिल्लाको प्रजिअ हुँदा भ्रष्टाचारमा पनि ढकालको नाम जोडिएको थियो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भने प्रदेश ५ कै मान्छेलार्इृ बनाउने लबिङमा छन् । प्रदेश ५ कै व्यक्तिलाई कोषको उपाध्क्ष र सदस्य सचिवमा नियुक्ति गर्दा काम गर्न सजिलो हुने पोखरेलको बुझाइ छ ।
-यूनाइटेड पोष्ट साप्ताहिक

प्रतिक्रिया दिनुहोस्