Monday 27th of January 2020

डा. केसीको अवस्था चिन्ताजनक

काठमाडौं । चिकित्सा शिक्षामा सुधारसहितका मागहरु अगाडि सार्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका छन् । १५ औं पटक अनसनमा बसेका डा. केसी २६ औं दिनमा अनसनमा बसिरहेका छन् । सरकार डा. केसीसँग वार्ताको लागि सकारात्मक भएर प्रस्तुत भई सहमतिको प्रयास जारी छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला अचेत हुन सक्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रगतमा सुगर र पोटासियमको मात्रा अत्याधिक न्युन भएको हुँदा कुनै पनि बेला मुटुको धड्कन बन्द हुनसक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्