Sunday 8th of December 2019

रसुवाको टिमुरेमा पहिरो, ४ जनाको मृत्यु, ५ बेपत्ता

रसुवा । रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् ।

बुधबार राति १ बजे पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएकोहाे। मृतकसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्काकोशव भेटिएकाे छ। बेपत्ता ५ जनाकाेखाेजी जारी छ।

पहिरोले टिमुरेस्थित प्रहरी बिट समेत पुरिएको छ। २ वटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्