Thursday 23rd of January 2020

३३ किलो सुन प्रकरणः ठूला माछा नसमातिने संकेत

काठमाडाैं । गृहमन्त्री रामहादुर थापाले जेठ २३ मा सुन तस्करीमा तीन तहका गिरोह भएको दावी गरेका थिए।

तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सोको अनुसन्धान गर्न बनेको समितिले ठूला माछा विनै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

साढे ३३ किलो सुन गायव र सनम शाक्य हत्या प्रकरण छानविन गर्न गृह सहसचिव इश्वरराज पौडेल नेतृत्वमा चैतमा उच्चस्तरिय छानविन समिति बनेको थियो।

समितिले अनुसन्धान नटुंगिदै यसै साता मन्त्री थापालाई प्रतिवेदन बुझाउने तयारी गरेको हो। अनुसन्धानका क्रममा मुख्य आरोपी भनिएका चुडामणि उप्रेती गोरेसहित ४६ जना पक्राउ परिसकेका छन्। प्रहरीले ६३ जना माथि मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनुहोस्