Saturday 21st of September 2019

अमिताभ बच्चनको अभिनयले भारतमा हँगामा, हट्यो भिडियो

मुम्बई । भारतको कल्याण ज्वेलर्सले बलिउड अभिनेता अमिताभ बच्चन एवं उनकी छोरी श्वेता नन्दाद्वारा अभिनित करिब साढे दुई मिनेटको विवादित विज्ञापन हटाएको छ ।

यो विज्ञापन बैंक युनियनको निशानामा थियो । उक्त विज्ञापनले बैंकिङ प्रणालीमा ‘अविश्वास’ को भावना पैदा गरेको युनियनले आरोप लगाएको छ ।

कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणारमनले भने, ‘भूलवश मानिसहरुको भावनामा ठेस पुगेकोमा हामी खेद प्रकट गर्छौं । त्यसकारण हामीले यो विज्ञापन हटाएका छौं । ’

अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशनले विज्ञापनदाता कल्याण ज्वेलर्सविरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिँदै विज्ञापनलाई घृणित बताएको थियो । संगठनले कम्पनीको विज्ञापनमार्फत लाखौं कर्मचारीको भावनामा ठेस पुगेको आरोप लगाएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्