Thursday 23rd of January 2020

घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्टमा लापरबाही

घोराही । घोराहीको गोग्लि स्थित घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट उद्योगमा गम्भिर लापरवाही देखीएको छ । घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसि सिमेन्ट गुणस्तर अनुरुप नभएको भन्दै जिल्ला प्रशासन कार्यालय वर्दियाले दाङको जिल्ला प्रशासन कार्यालयलाई गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर एकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न पत्राचार गरेको छ ।

गएको जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसि सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएपछि वर्दिया जिल्ला प्रशासनले एक्सन लिएको हो ।

गुणस्तर अनुरुप नभएको हुँदा उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको त्यहाको प्रशासनले जानकारी दिएको छ । पत्र सख्या ७५÷७६ रहेको जिल्ला प्रशासन कार्यालय वर्दियाका सुचना अधिकारी महेन्द्र जङ्ग शाहीद्वारा हस्ताक्षरीत प्रेस नोटमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर यकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्