
काठमाडौं । कम्युनिस्ट सरकारले संवैधानिक प्रावधान विपरित शिक्षा आयोगको सूचना प्रकाशित गरेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले शिक्षा आयोगमा सरकारले थारु समुदायमाथि विभेद गरेको आरोप लगाइन् ।
‘संविधानले नै उल्लेख गरेको प्रावधानलाई बेवास्ता गरेर शिक्षा आयोगले प्रकाशित गरेको सूचनामा थारुहरूलाई आरक्षण किन दिइएन ?’, उनले भनेकी छिन्, ‘थारु समुदायमाथि भेदभाव गर्न पाइँदैन । शिक्षा आयोगको विज्ञापनमा सुधार गरियोस् ।’
संविधानले नै दिएको अधिकार विरुद्ध हुने विभेदको आफूहरूले विरोध गर्ने उनले चेतावनी दिइन् । सरकारले शिक्षा आयोगका लागि प्रकाशित गरेको विज्ञापनमा थारु समुदायका लागि आरक्षण दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्