Monday 27th of January 2020

ठूलो परिमाणको लागू औषधसहित बीरगञ्जमा दुई भारतीय पक्राउ

पर्सा । भारतबाट नेपालतर्फ ल्याउदै गरेको ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित बीरगञ्जमा दुई भारतीय पक्राउ परेका छन् ।
शनिबार अपरान्ह पौने तीन बजे भारतीय नम्बर प्लेटको सवारीमार्फत नेपाल भित्रिन लागेको अवस्थामा भन्सार राजश्व गुल्म बीरगञ्जले उनीहरुलाई पक्राउ गरेको हो ।

गाडीमा लुकाइएको पन्ध्र सय एम्पुल ईन्जेक्शनसहित भारत भलाई ग्राम पञ्चायत बस्ने निरन्जनकुमार पटेल र भारत रक्सौलका राजनकुमार गुप्तालाई पक्राउ गरिएको शसस्त्र प्रहरी राजश्व गुल्मका प्रहरी उपरीक्षक तिलक खड्काले जानकारी दिनुभयो ।

बीरगन्ज भन्सारको मुख्य गेटमा शंका लागि चेकजाँच गर्दा कागजमा बेरेर ब्यागमा लुकाई राखिएको डाईजोल्याप ५ सय पिस, नोर्फिन ५ सय पिस र फेनार्गन ५ सय पिससहित ती दुई भारतीय पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्