Wednesday 19th of February 2020

नेकपाको सचिवालय बैठक आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी((नेकपा)को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक दिउँसो २ बजेका लागि डाकिएको छ । हिजो बसेको बैठकमा प्रधानमन्त्री के.पी शर्मा ओलीले सचिवालयका नेताहरुलाई मुलुकको समसामयिक राजनीति र अन्तर्रा्ष्ट्रिय परिस्थिति बारेमा जानकारी गराएर सकिएको थियो ।

यसैबीच उहाँले सरकारले अन्तर्रा्ष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराउनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि हिजोको बैठकमा सहमति हुन सकेन । सचिवालयको दुई साताअघिको बैठकमा नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सक डा गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण राजीनामा दिएको बिषय छलफलमा समेटिएको थिएन ।

आज बस्ने बैठकमा प्रवत्ता श्रेष्ठको असन्तुष्टि र अध्यक्षद्वयले लिएको स्पष्टिकरणका बिषमयमा सहमतिको प्रयास गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्