Sunday 23rd of February 2020

जबरजस्ती चन्दा असुलेको आरोपमा विप्लव समूहका जिल्ला इन्चार्ज पनि पक्राउ

काठमाडौँ । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका छन् । बिहीबार दिउँसो कुमाललाई गोरखा नगरपालिका – १२ दश किलोबाट पक्राउ गरिएको हो ।

एसपी विमल बस्नेतका अनुसार कुमाल जबरजस्ती चन्दा संकलन गरेको आरोपमा पक्राउ गरेकाे हाे । एसपी बस्नेतले भने, ‘जबरजस्ती चन्दा माग गरेको सुचना पायौँ, त्यसैको सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,’।

यसअघि जबर्जस्ती चन्दा उठाएको आरोपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । प्रवक्ता विश्वकर्माले उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै प्रहरी पक्राउ गरेको दावी गरेको छ।

प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल्ला अदालत काठमाडौबाट म्याद थपेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्