Tuesday 18th of February 2020

बन्दको प्रभाव: देशका विभिन्न ठाउँमा बम बिस्फाेट

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(विप्लव) समुहको बन्दका कारण देशका केही स्थानमा सामान्य प्रभाव परेको छ । उपत्यकामा खासै असर नगरेतापनि पूर्व पश्चिमका केही जिल्लामा बन्दको प्रभाव परेको छ ।

यसैबीच बन्दकै दिन देशका विभिन्न स्थानमा बम फेला परेका छन् । केही स्थानमा सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेका छन् भने केही स्थानमा निष्क्रियको तयारी छ । यता काठमाडौंको सतुङगलमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । आज बिहान स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए ।

यसैबीच काठमाडौंको नयाँपाटीमा बम भेटिएको छ । सडकमा राखिएको प्रेसर कुकर बमलाई निस्किृय बनाउन अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको बताइएको छ । बम राखिएको स्थानलाई नेपाल प्रहरी तथा नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

यस्तै रौतहटको चन्द्रपुर नगरपालिका ५ मा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले सो स्थानमा सर्बसाधारण लाई आवतजावत गर्न रोक लगाएको छ । फेला परेको शंकास्पद बस्तु निष्क्रिय गर्न सेनाले तयारी थालेको छ ।

उता झापाको गौरादह नगरपालिका वडा नम्वर ७ सात स्थित वडा कार्यालयमा वम विस्फोट भएको छ थप विवरण आउन बाकिँ छ । यता भक्तपुरको लोकन्थलीमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि स्थानीयले सुरक्षा नियकायलाई खबर गरेका थिए ।

खबर पाउनेवित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको थियो । बाजुरामा पनि शंकास्पद बस्तु फेला परेको छ। यता पूर्वी नवलपरासीको गैंडाकोट र डोटीमा मालबाहक ट्रकमा आज आगजनी भएको छ । कपिलबस्तुको चनौटाबाट हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । यस्तै मकवानपुरकाे थाहा नगरपालिका ११ पालुङमा काठमाडाैं अाउदै गरेकाे बसमा अागजनी भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्