Wednesday 19th of February 2020

खुकुरी प्रहार गरी आफ्नै छोरा र भाइको हत्या

रूकुम । रूकुमको मुसिकोट नगरपालिका -१४ मा एक जनाले खुकुरीले हानेर भाइ र छोराको हत्या गरेका छन्। बाबुको आक्रमणबाट २ छोरा घाइते भएका छन्।

लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले बुधबार बिहान ६ बजे घरमै खुकुरी प्रहार गर्दा ६ वर्षिय छोरा सुदर्शन बिष्ट र   २० वर्षका भाइ गोकर्ण बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रूकुमले बताएको छ।

भाइ गोकर्ण बिष्ट अपाङ्ग थिए।

उनका अनुसार शंकरको खुकुरी प्रहारबाट छोराहरू प्रकाशसिंह र दिनेश बिष्ट घाइते भएका छन् र घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

शंकरको २ वर्षदेखि मानसिक सन्तुलन बिग्रिएको कारण बुधबार बिहान घरमै खुकुरी प्रहार गरेको अनुसन्धानबाट पत्ता लागेको छ र छोरा र भाईमाथी खुकुरी प्रहार पश्चात आफै माथि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको समेत प्रहरीले जनाएको छ।

शंकर प्रहरी  नियन्त्रणमा छन् र  उनको उपचार जिल्ला अस्पतालमा  भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्