Saturday 22nd of February 2020

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयल ेअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् ।

अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् ।

१४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेको खबर छ ।

श्रेष्ठ गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नारमिन) नामक गैरसरकारी संस्था (एनजिओ)का समेत अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्