Friday 28th of February 2020

यसरी जितौं साथीको मन !

आम मानिस आआफ्नो पार्टनरसँगको सम्बन्धलाई लिएर सधै सचेत हुने गरेको पाइन्छ । बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक उतारचढाव आइरहेको देखिन्छ । तर समस्या जहाँ हुन्छ त्यहाँ समाधानका अनेकन उपायहरु पनि हुन्छन् । आफ्नो पार्टनरलाई सधै खुशी राख्न र आफूप्रति आकर्षित बनाइराख्न विज्ञहरुले केही सुझाव सुझाएका छन् ।

सुगन्धित बन्नुहोस्

संसार भरिको सबै मानिसलाई सुगन्धित बास्नाले आर्कषित गरेको हुन्छ नै । सुगन्धित बास्ना र आर्कषणको संयोजनले पार्टनरबिचको सम्बन्धलाई धेरै प्रभाव पारेको हुन्छ । तसर्थ आफ्नो पार्टनरलाई मनपर्ने बास्नादार अत्तर,परफ्युमको प्रयोगले प्रेम र आर्कषण कायम रहने तथ्य शोधले पत्ता लगाएको छ । त्यस्तै पार्टनरलाई मनपर्ने बास्नादार फूलले बेडरुम सजाउदा पनि पार्टनरबिचमा रोमाञ्चकता तथा आकर्षण कायम भइरहने विज्ञहरुको दाबी छ ।

श्रृङगार गर्नुहोस्

हप्तामा एकपटक आ–आफ्नो पार्टनरको मनपर्ने श्रृङगार र ड्रेसअपमा प्रस्तुत हुन सकिन्छ । सधैं एउटै ड्रेसअपमा भन्दा स्टाइलिस ड्रेस र हेयर स्टाइलमा सजिन सकिन्छ । तर स्टाइलस भन्दैमा असुहाउदो रुपमा प्रस्तुत हुदा आलोचित होइन्छ कि भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

सरप्राईज दिनुहोस्

केही न केही नसोचेको कुरामा पार्टनरलाई सरप्राईज दिनुको मज्जा बेग्लै हुन्छ । जस्तो कार्यालय समयमा लन्चको समय हुँदा पुगेरसंगै लञ्चको अफर गर्दा छुटै मज्जा महसुस हुन्छ । समय मिलाएर छुट्टीको दिन फिल्म,सपिङ,डिनरको लागि जाने गनुपर्छ । निजी सवारी छ भने समय समयमा लङ ड्राइभमा जानुहोस् । साथै एक अर्कालाई पर्याप्त समय दिएको महसुस गराउन सक्नुपर्छ जसले हप्ताभरिको कामको थकानलाई भुलाएर सम्बन्धमा अझ मिठास ल्याइदिन्छ ।

आफूलाई फिट राख्नुहोस्

शारीरिक बनोट पार्टनरबिच आर्कषणको एक महत्वपूर्ण माध्यम मानिएको छ । तसर्थ तपाई स्वयमलाई फिट रहन जरुरी छ । स्वस्थ खानपानले तपाईलाई आन्तरिक रुपबाट तपाईको सांचलाई सुन्दर र स्वस्थ बनाउँदछ । त्यस्तै शारीरिका ब्यायामले तपाईको बाहिरी सुन्दरता बढाउन मद्दत गर्दछ । तसर्थ मन र तनबाट तपाई स्वस्थ र फिट रहन जरुरी छ ।

कुराकानीको शैलीमा ध्यान दिनुहोस्

शोधका अनुसार कुराकानीमा निपुर्ण महिला वा पुरुष एकअर्काप्रति छिटो आकर्षित हुने गरेको पाइएको छ । त्यसैले आफ्नो कुराकानीको शैलीलाई ध्यान दिनु जरुरी छ । कुराकानी गर्दा नकरात्मक असर पुर्याउने खालको कुरा गरे तपाईको छबिलाई नराम्रो प्रभाव पर्दछ । यदि तपाइको पार्टनर कुनै किसिमको तनावमा छ भने उसको कुरा ध्यान दिएर सुन्नुहोस् । हरेक किसिमको समस्यामा तपाई आफ्नो पार्टनरको साथमा संगै हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोस् ।

पार्टनरबिचको सबै भन्दा महत्वपूर्ण कडी विश्वास नै हो । जसलाई हरेको सम्बन्धको मेरुदण्ड पनि भन्दा अत्युक्ति नहोला । सा–साना कुरामा शंका गरेमा सम्बन्धमा फाटो आउँछ तसर्थ केही कुरामा चित्त नबुझे एक अर्कामा कुराहरु सेयर गर्नु पार्टनरको लागि एकदमै महत्वपूर्ण छ । केही सानो कुराले गलत बुझाई पार्टनरमा नपरोस् भनेर सचेत भए पार्टनरबिचको प्रेमसम्बन्ध संधै प्रेमिल बन्ने कुरामा कसैको दुईमत नहोला ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्