Tuesday 31st of March 2020

निर्मला पन्त प्रकरण : दिलिपसिंह विष्टको यौन उत्तेजना परीक्षण गरियो

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ ।

१० दिन काठमाडौँ राखेर उनको स्वास्थ्य परीक्षण सम्पन्न गरिएपनि अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिर्पाेट भने सार्वजनिक गरिएको छैन ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बिष्टको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त भएको तर शिलबन्दी भएकोले आफूहरुले नखोलेको जानकारी दिए ।

उनले दिलिपको स्वास्थ्य परीक्षण रिर्पाेट प्रहरीले सोझै अदालतमा पेश गर्ने बताए । काठमाडौँमा स्वास्थ्य परीक्षण सकेर दिलिपलाई महेन्द्रनगर लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनको मानसिक सन्तुलनको अवस्थाबारे परीक्षण गर्न काठमाडौँ ल्याएको थियो । दिलिपको मानसिक अवस्थासँगै यौन उत्तेजनाको पनि परीक्षण गरिएको छ ।

कञ्चनपुर लगिएका विष्टले आफू निर्दाेष भएको बताउँदै आफूलाई बचाइदिन आग्रह गरेका छन् । स्थानीयले पनि घटनामा विष्टको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । वास्तविक अपराधी लुकाउन प्रहरीले नक्कली अपराधी खडा गरेको पीडित र स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्