Wednesday 26th of February 2020

वैदेशिक रोजगार अब अनलाइन प्रणालीमा

काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अनलाइन प्रणाली सुरु गर्ने भएको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति रोक्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट अनलाइन प्रणाली सुरु गरेको हो ।

यो प्रणाली सञ्चालनमा आएसँगै नेपाली कादारले आफूले जान चाहेको कम्पनी, तलब, बिमा प्रक्रिया, विदेश पठाउने कम्पनीको नाम, त्यसको लागतसहित श्रम इजाजतका सबै विवरण वेबसाइडबाटै हेर्न, विवरण भर्न, उजुरी गर्न तथा अन्य सेवा लिन पाउनेछन् ।

श्रमिकको अनभिज्ञता तथा म्यानपावर कम्पनीको लापरबाहीका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार ठगिने क्रम बढेपछि मन्त्रालयले अनलाइन प्रणालीबाटै सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एक कार्यक्रमबीच एकीकृत अनलाइन प्रणालीको औपचारिक घोषणा गर्नेछन् । सोमबार औपचारिक रूपमा घोषणा गरिए पनि यो प्रणाली आगामी असोज १ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आउनेछ । वैदेशिक रोजगारको क्षेत्रमा देखिएको बढ्दो विकृति रोक्नका लागि अनलाइन प्रणालीको अवधारणा ल्याएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्