Wednesday 19th of December 2018

महानगरपालीकाका मेयरलाई वद्नाम बनाउने खेलमा कार्की, मालदार विभागमा पकड जमाउदै

काठमाडौं । शहरलाई कुरुप हुने गरी सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवैधानिकरुपमा होडिङ्ग बोर्ड राख्न स्वीकृत दिने महानगरका कर्मचारीलाई मेयर विद्यासुन्दर शाक्यकै आशीर्वाद रहेको बताइन्छ । मेयर विद्यासुन्दर शाक्यलाई नै बद्नाम गराइरहेका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीकै आदेशमा काठमाडौंका मुख्य चोकचोकमा होइन प्रत्येक सडकमा शहर कुरुप बनाउने होडिङ्ग बोर्ड राख्न दिइएको खुलासा भएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र राखिएका अवैधानिक होडिङ्ग बोर्डका बारेमा समाचार अाउन थालेपछि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले प्रशासन महाशाखाका प्रमुख गणेश थपलियाको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए ।

सो समितिले अहिले काठमाडौंमा राखिएका होडिङ्ग बोर्डहरु अवैधानिक भएको र ज्ञानेन्द्र कार्कीलगायतका व्यक्तिहरुको मिलेमतोमा ती होडिङ्ग बोर्ड राखिएको प्रतिवेदन पेश गरेको भएपनि अहिलेसम्म कार्वाही हुन सकेको छैन । महानगरमा सचिवको दरवन्दी सिर्जना गरिएपछि काठमाडौं महानगरमा यादव कोइराला आए पश्चात विवादित कर्मचारी ज्ञानेन्द्र कार्कीको अधिकार कटौती गरी निजामी सेवाबाट आएका सहसचिव राजेश्वर ज्ञवालीलाई दिइएको थियो ।

राजेश्वर ज्ञवालीलाई तेल स्वीकृत गर्नेदेखि माग ठूलठूला सरसामान खरिद समेतको अधिकार दिएपछि कार्की कोइराला हटाउने अभियानमा जुटेका थिए । तर, नेपाल सरकारले कोइरालाको सरुवा नगरी राजेश्वर ज्ञवाली कै सरुवा गरिदिएको छ ।

अहिले प्रशासन सहसचिव ज्ञवालीलाई प्रदेश नं. ७ को अर्थ मन्त्रालयको सचिवकारुपमा सरुवा गरिएपछि पुन सो अधिकार आफूमा लिनका लागि कार्कीले मेयर विद्यासुन्दर शाक्यलाई निर्वाचनका बेला आपूmले एमाले पार्टी अध्यक्ष केपी ओलीलाई ठूलो सहयोग गरेको र अहिले आफू पेलिएको भन्दै गएका दुई शनिवार मेयरका घर लगनटोलमा गएर रुवाबासी नै गरेको चर्चा छ ।

विद्यासुन्दर शाक्यलाई बदनाम गराउने महानगरको सबैभन्दा भ्रष्ट र बद्नाम कर्मचारीकारुपमा चिनिएका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौ उजुरी परेका ज्ञानेन्द्र कार्कीलाई मेयर शाक्यले २०७५ असोज १ गतेदेखि पुन अधिकार सम्पन्न बनाउन लागिरहेको चर्चा छ । ज्ञवाली सरुवा भएर गएपनि सो ठाउ“मा कलैया नगरपालिकामा प्रशासकीय प्रमुख रहेका डा. टोकराज पाण्डे महानगरमा सरुवा भएर आएका छन् ।

पाण्डे महानगरमा २०७५ भदौ १७ गते आईतबार हाजिर भएपनि १८ गते सोमबारै उनी १० दिने चीन भ्रमणमा निस्किसकेका छन् । यद्यपि ज्ञवालीले सम्हाल्दै आइरहेको जिम्मेवारी पाण्डेलाई दिनुपर्नेमा मेयर शाक्यले कार्कीलाई नै दिनुलाई महानगरका एमाले निकट कर्मचारीहरुले नै शंकाका दृष्टिकोणले हेर्न थालेका छन् । जतिसुकै बद्नाम भएपनि मेयर विद्यासुन्दर शाक्यको आशीर्वाद पाएपछि ज्ञानेन्द्र कार्कीले अरु कसैलाई पनि टेर्ने गरेका छैनन् ।

मेयर स्वयम् बदनाम हुनेगरी शहर कुरुप पार्न जथाभावी होडिङ्ग बोर्ड राख्न स्वीकृत दिने प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीका विरुद्ध कर्मचारी, पार्टी, कर्मचारी संगठनबाट समेत दवाव दिंदा पनि उनले कार्कीलाई प्रशासन विभागमै राख्नुको रहस्य कसैले बुझ्न सकेका छैनन् । आफूले निर्वाचनका बेला मेयर विद्यासुन्दर शाक्यलाई एक करोड आर्थिक सहयोग गरेकाले आफूलाई कुनै हालतमा पनि कारवाही गर्न नसक्ने दावी गर्दै आइरहेका छन् ।

स्थानीय निर्वाचनका बेला चीन भ्रमण रहेका कार्कीले उपप्रमुखकी उम्मेदावार (जो निर्वाचित समेत भइन्) हरिप्रभा खड्गीलाई समेत आर्थिक सहयोग गर्छु भन्दै फोन गरेको र निर्वाचनका लागि केही खर्च समेत कार्कीले गरिदिएको कांग्रेस नगरसमितिमा चर्चा चल्ने गरेको छ । २०६१ सालमा महाराजा ज्ञानेन्द्रको सत्ताकालमा कट्टर राजावादीका रुपमा प्रस्तुत भएका कार्की माओवादी सत्तामा हु“दा माओवादी र कांग्रेसको सत्तामा हुँदा कांग्रेस बनेको चर्चा काठमाडौं महानगरपालिकामा चल्ने गर्दछ ।

अहिले फेरि एमालेको मेयर विद्यासुन्दर शाक्य हुँदा पनि एमाले बनेको नाटक गर्दै विद्यासुन्दरलाई फनफनी घुमाइरहेको गुनासो महानगरका कर्मचारीहरु गर्ने गर्दछन् । ज्ञानेन्द्र कार्कीकै कारण बदनाम भएको महानगरलाई जोगाउन शाक्यले कार्कीको साथ छोड्नु पर्ने एमाले निकट कर्मचारीहरु नै बताउ“छन् । (साँघु साप्ताहिक २०७५ भदौ २५ गतेबाट)

प्रतिक्रिया दिनुहोस्