Monday 20th of January 2020

निर्मलाका निम्ति न्याय माग्दै देशभर प्रदर्शन, कुन ठाउँमा कुन समयमा प्रदर्शन हेर्नुहोस !

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार देशभर प्रदर्शन भइरहेको छ।

निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्।

‘निर्मलाका निम्ति न्याय’ अभियानमा सहयोग पुर्‍याउन स्वत: स्फुर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो।

दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शनी भइरहेको हो।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो।घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो।

प्रदर्शन हुने ठाउँ र समय सुची

प्रतिक्रिया दिनुहोस्