Wednesday 26th of February 2020

संबिधान मानेर निर्वाचित जनप्रतिनिधी संबिधानकै बिरोधमा सभा गर्दै

काठमाडौ । नेपालको संबिधान स्वीकार गरेर जनताबाट निर्वाचित भएर प्रदेश सरकारको नेतृत्व गरिरहेका मन्त्रिहरु संबिधान दिवसको दिन बिरोधमा उत्रने भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

संबिधान दिवसको बिरोधमा प्रदेश नम्बर २ का मन्त्रिहरु भौतिक पूर्वाधार मन्त्रि, जितेन्द्र सोनाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रामनरशे राय, सामाजिक विकासमन्त्रि नवलकिशोर साह, राज्यमन्त्रि डिम्पल झा, राज्यमन्त्रि सुरेश मण्डल, राज्यमन्त्रि अभिराम शर्मा, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, र अनिलकुमार झा बिरोध सभामा उत्रने भएका हुन् ।

संबिधान दिवसको बिरोधमा राजपाका नेताहरुले सप्तरी, सिराह देखि कैलाली कञ्चनपुर, रौतहट, बारा धनुषा, वारा पर्सा, नवलपरासी, रुपन्देही, कपिलबस्तु,झापा, मोरङ, सुनसरी लगायतको ठाउँमा बिरोध सभा गर्ने कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्