Thursday 23rd of January 2020

कम्युनिस्ट सरकारले न्यायाधीश जोशीलाई महाभियोग लगाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी गरेको छ ।

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अयोग्य घोषित न्यायाधीश जोशीलाई हटाउन नेकपाले महाभियोग लगााउने योजना बनाएको हो । नेकपाको झण्डै दुई तिहाईको कम्युनिस्ट सरकार छ ।

कम्युनिस्ट सरकारसँग भद्र सहमति गरेर जोशी सर्वोच्चमा फर्किएको स्रोतको भनाइ छ । सर्वोच्च अदालतमा फर्किएपछि भने जोशीले भद्र सहमति तोडेको सत्तारुढ नेकपाका नेताहरुको गुनासो छ ।

सर्वोच्च फर्किएपछि जोशीले राजीनामा दिने भनिएको थियो । तर, उनले राजीनामा दिएनन् । कांग्रेस लगायतको उक्साहटमा जोशीले भद्र सहमति तोडेको नेकपाको आरोप छ ।

चीन भ्रमणबाट नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वेदश फर्किएपछि न्यायाधीश जोशीविरुद्ध महाअभियोग दर्ता हुन सक्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्