Monday 20th of January 2020

दाताको खर्चमा यसरी जान्छन् विदेश भ्रमणमा कर्मचारी

काठमाडौ । वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दाताको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् ।

दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृत लगायत छन । काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् ।

विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् ।

सचिव डा. विश्वनाथ आली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् ।
ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमेका थिए ।

साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए ।

वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा पर्छन ।

लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए ।, भने १५ देखि २४ भदौसम्म थाईल्यान्डको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्