Thursday 12th of December 2019

भाइलार्इ नियुक्ति दिलाउन नसकेपछि माधव नेपाल बटारिएको खुलासा

काठमाडाैँ । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अाफ्नो कान्छो भाइलार्इ नियुक्त दिलाउन नसकेपछि बटारिएको तथ्य  पत्ता लागेकाे छ । झण्डै डेढ महिनादेखि अाफ्ना कान्छा भाइ सरोज उपाध्यायलार्इ नेपाल इन्जिनियरिङ काउन्सिलको उपाध्यक्षमा नियुक्तिका लागि दबाब दिँदै अाएका थिए । भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा अोलीलार्इ नेपालले अाफ्ना कान्छा भाइको नियुक्तिका लागि पटक पटक अाग्रह गरे तर अोलीले मानेनन् । जसकारण सरकारविरूद्ध देखाइदिने सोचले नेपालले प्रधानमन्त्री अोली देशमा नभएको बेला देश डुब्न लाग्यो लाैन बचाइदेउ भन्दै संसदमै गीत गाए । जसलार्इ नेकपाको एउटा वृतले अोली माथि कांग्रेस माअोवादीले ल्याएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपालले दिएको अभिव्यक्तिको भाग २ को संज्ञा दिएका छन ।

अाफ्नो भाइलार्इ नियुक्ति दिलाउनु नसकेर छटपटिएका नेपालले केहीसीप नचलेपछि संसदमा बोल्ने र स्थायी कमिटीको नाममा चियापान कार्यक्रम गरेर अध्यक्षद्धय अोली र पुष्पकमल दाहाल प्रचण्डविरूद्ध अावाज अोकेलेका हुन नेपाल निकटका एक जना स्थायी समिति सदस्यले दैनिकीलार्इ जानकारी दिए । नेपालले अाफ्नो भाइकै नियुक्तिका लागि दबाब दिएको तर अाफूले र देशले अरूको नाताका बारेमा चिन्ता लिन नसक्ने भन्दै प्रधानमन्त्री अोलीले समेत अन्तर्वार्तामै बोलिसकेका छन । अमेरिकामै रहेका बेला पत्रकार सूर्य थापालार्इ दिएको अन्तर्वार्तामा अोलीले स्पष्ट शब्दमा भनेका छन कसैले म तपार्इको समर्थक हो यति त गर्दिन पर्यो भन्छ वा नतागोताका निम्ति पिर चिन्ता गर्छ भने ती कुरा त देशले सम्बोधन गर्न सक्दैन भनेका छन ।

नेपाल निकटका ती स्थायी समिति सदस्य भन्छन ‘नेपालले परिवार र नातागोताको सम्बन्धलार्इ पहिलो प्राथमिकतामा राख्ने गरेका छन । जसका कारण १५ वर्ष पार्टीको नेतृत्व गर्दा उनले एमालेलार्इ कुन अवस्थामा पुर्याए भन्ने कुरा सबैलार्इ जानकारी नै छ ।’ नेपाल निकटकै स्थायी समिति सदस्यले गम्भीर अारोप लगाएपछि हामीले नेपालको विगत केलाउने प्रयास गर्याै जसबाट पनि उनले परिवारका सदस्यलार्इ नियुक्ति दिलाउन नियम, कानुन र नैतिकलार्इ धाैति लगाएको पायाैँ । अहिले संसद भित्र र बाहिर नैतिकता र नियमका कुरा गर्ने माधव नेपालले अाफू प्रधानमन्त्री हुनका लागि के गरे ? पार्टीकै सम्भावना बोकेका नेताहरूको पखेँटा काट्नका लागि के गरे ? र परिवारका सदस्यलार्इ नियुक्त गर्न के गरे ? भन्ने कुरालार्इ फर्केर हेर्दा उहाँले अहिले भाइको नियुक्तिकै लागि लडाइँ लड्नु भएको भन्न इतिहास साक्षी रहेको छ ।

२०६७ सालको असारमा नेपालले कामचलाउ सरकारको प्रधानमन्त्री रहँदा आफू पदबाट बिदा लिएर सत्ता बहिर्गमन हुँदाहुँदै कान्छा भाइ सरोज उपाध्याय र माइलो भाइ विनोद उपाध्यलार्इ पनि नियुक्ति दिएका थिए । उनले आफू कामचलाउ भएकै बेला कान्छा भाइ सरोजलार्इ इन्जिनियरिङ काउन्सिलको उपाध्यक्षमा नियुक्ति गरेका थिए । अोली निकटका अर्का स्थायी समिति सदस्यका अनुसार अहिले तीनै सरोजका लागि त्यही पदमा नियुक्तिका लागि दबाब दिँदा अोलीले नटेरेपछि नेपालले अाफ्नो शक्ति देखाउन सुरू गरेका हुन ।

नेपालले त्यतिखेर आफू पदमा बहाल हुनासाथ प्रधानमन्त्री कार्यालयमा नयाँ संरचनासहितको अनुगमन समिति गठन गरी भाइलाई सदस्य नियुक्त गरेका थिए । यसअघिका सरकारका पालामा त्यस्तो समिति गठन गरिँदैनथ्यो । प्रधानमन्त्रीले उच्चस्तरीय अनुगमन तथा निरीक्षण समितिको पदावधि आफ्नो कार्यकालसँगै सकिने भएकाले आफू पदमा छँदै भाइलाई अर्को ठाउँमा नियुक्ति दिलाएका हुन् । कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र आकस्मिक निर्णय गर्नेबाहेक नियुक्ति, सरुवा, बढुवा तथा नयाँ नीतिगत निर्णय गर्नु लोकतान्त्रिक मूल्यमान्यता तथा प्रचलनविपरीत हो अाजका दिनमा नेपालले पनि त्यही भन्छन तर तत्कालीन अवस्थामा भाइलार्इ ती सबै मूल्य मान्यतालार्इ धोति लगाइदिए ।

प्रधानमन्त्रीले आफू पदमा बहाली भएको एक महिनामै नेपालले नियमावली संशोधन गरी आफ्ना दुई भाइमध्ये माहिला विनोदकुमार उपाध्यायलाई भने हङकङको महावाणिज्य दूत नियुक्त गरेका थिए । वाणिज्य मन्त्रालयको व्यापार प्रशासन हेर्ने अनुभवी सहसचिवमात्र महावाणिज्य दूत हुने नियमावली संशोधन गरी मेकानिकल इन्जिनियर विनोदलाई नियुक्त गरेका थिए । उनले मन्त्रिपरिषद्बाट नियमावली संशोधन गरी जुनसुकै समूहका सहसचिव महावाणिज्य दूत नियुक्त गर्ने व्यवस्था गरी भाइलाई पद दिलाए र लगत्तै नियमवली संशोन गरी पुरानै व्यवस्था कायम गरे ।

माधवकुमार नेपालले पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री हुने चाहना राख्दा राजाको पाउमा दाम चढाउनेदेखि २०६४ सालमा पार्टीका अन्य नेताले असहमति राख्दाराख्दै चुनावमा जाने निर्णय लिए । तत्कालीन अवस्थामा नेपालबाहेक वरिष्ठ नेताहरू सबै माअोवादीले हतियारसहित निर्वाचन भाग लिँदा घाटा हुने निष्कर्षमा थिए, कतिपयले यसैसँग मिलेर चुनाव लड्ने कुरा पनि गरेका थिए तर नेपालले मानेन् ।

परिणाम त उनी दुर्इ ठाउँबाट चुनाव लड्दा दुबै ठाउँमा हारे र निर्वाचनको पुरै परिणाम नअाउँदै नैतिकताको नाममा राजिनामा दिए । त्यतिखेर केही नेताले किन राजिनामा दिनु भयो समिक्षा गरेर कहाँ कमजोरी भएको हो त्यसपछि जसजसले राजिनामा दिनुपर्ने हो दिउँला भन्दा नेपालले नैतिकता अाधारमा अाफूले पार्टीको नेतृत्व गर्न नसक्ने बताएको तत्कालीन एमालेका एक स्थायी समिति सदस्य बताउँछन । पछि तीनै नेपाल वुटवल महाधिवेशनमा पनि अध्यक्षमा चुनाव लड्न तर्सिए तर सहयोग गरिरहेका नेताहरूकै चेतावनी पछि उनी पछि हटे । त्यसपछि नाैँ महाधिवेशनमा अध्यक्षमा चुनाव लडेर पराजित नै भए । उनलार्इ त्यतिले मात्र पुगेन संसदीय दलमा झलनाथ खनाललार्इ डमी उम्मेदवार बनाएर हराए ।

माधव नेपालको नैतिकता र विधिको कुरा गर्दा उनकै गुटका धेरै नेता लामो हस्छन त्यसको पनि कारण रहेछ । माधव नेपाल पार्टीको पूर्व प्रमुख भएको नाताले अध्यक्ष खनाल हुँदा स्वत वरिष्ठ नेता भए तर पछि अोलीसँग चुनाव हारेपछि निर्वर्तमान अध्यक्ष खनाल विधानअनुसार वरिष्ठ नेता भए तर नेपाललार्इ छटपटी भयो उनले व्यवहारमा अाफूलार्इ वरिष्ठ नेता बनाइ छाडे । उनले तत्कालीन एमाले र माअोवदी एकताको समयमा झलनाख खनाललार्इ एक तह तल झारेर अाफू माथि उक्लिए त्यसमा अहिले पनि खनालको अापत्ति छ ।

त्यतिमात्र हैन् । १२ वर्षपछि केही महिना अघि नेकपाको कार्यबाहक हुने अवसर पाएका नेपालले बोलाएको बैठकमा खनाल उपस्थित नै भएनन् । यी त नेपालका व्यक्तिगत कुरा हुन । प्रदेश कमिटीको गठनका बारेमा नेपालले राखेको असन्तुष्टि र समान न्याय र जिम्मेवारीको कुरा कसरी गर्न मिल्छ नेकपाका अर्का एक युवा नेता भन्छन ठाकुर गैरेलार्इ राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने समयमा नेपालले के बाेले ? कहाँ अडान लिए ? योगेश भट्टरार्इ मन्त्री बनाउन वा संसदीय समितिको सभापति बनाउन कहाँ के बोले ? के अडान लिए ? भन्नेबाट उनले कति टिमका लागि के काम गर्छन भन्ने समेत बुझिने बताए । ती नेताका अनुसार नेपालले अहिले देखाएको असन्तुष्टि उनले भनेका केहीलार्इ नियुक्ति दिएर जागिर दिए सबै सकिनेछन ।
दैनिकीबाट साभार लागेकाे छ

प्रतिक्रिया दिनुहोस्