Thursday 27th of February 2020

पार्टीका भोटरहरु चुकचुकाउन थाले ?

दुईवटा पार्टी एमाले र माओवादी मिलेर प्रदेश र संघिय संसदको चुनावमा भाग लिए । दुई पार्टीको संयुक्त चुनावी मोर्चाले यी दुई पार्टीका कार्यकर्तालाई मात्र हैन आम नागरिकमा ठुलो उत्साह जगायो । यो उत्साहले यीनै दुई पार्टीलाई जनताले भारी मत दिएर चुनावमा जिताए ।

चुनावको परिमाण आएपछि पहिले प्रधानमन्त्री भएका एमालेका अध्यक्षसँग जनताले ठूलो आशा र भरोसा राखेका थिए । सो आशा र भारोसा अनुसार नै केपी ओली मुलकको फराकिलो बहुमत सहित नेपालको पहिलो संघिय सरकारको प्रधामन्त्री भए ।

उनी प्रधानमन्त्री भएपछि नेपाली जनता र विशेष गरि बृद्धा, अशक्तहरु साना व्यवासायीहरु नराम्रोसँग झस्के जब अर्थ मन्त्रीले बजेट भाषण गरे । यसको सर्वत्र विरोध मात्र भएन । सक्ता पक्षकै सांसदहरुले प्रतिनिधिसभाको रोष्टममा उभिएर रुदै अर्थ मन्त्रीलाई धारेहातले सराप्नु पर्ने अवस्था आयो ।

जनताहरु त्यतिले पनि उत्साहित नै थिए । सरकारले सार्वजनिक यातायातमा लुट मञ्चाउनेलाई कारवाहि गर्न थाल्यो, सुनका तस्कारलाई पक्राउ गर्दै प्रहरीका हाकिमहरुलाई थुन्न थाल्यो । सडक निर्माण गर्ने ठेकेदारलाई तह लगाउने फर्मान जारि गर्दा जनताले सरकारको वाहि वाहि  पनि गरे ।

जब सरकारले सार्वजनिक यातायातका लुटेराहरुको जुडोपुरो खायो र उनीहरुकै पक्षमा स्तुति गाउन थाल्यो । ठेकेदारलाई कसरी कारवाहि हुन्छ हरौ त भन्दै मन्त्रीले विलौना गाएर उनीहरुकै पक्षमा आरति वाल्यो । सुन तस्कारको मुख्य मान्छेको आदेशमा छानविनलाई पुर्ण विराम लगायो । त्यसपछि जनता र यी पार्टीका भोटरहरु चुकचुकाउन थाले ।

त्यति मात्रले त जनता सहदै थिए । जब बलत्कारीका पक्षमा आशा र भरोसा राखेको मान्छेले रवाफिलो शैलीमा उनीहरुकै पक्षपोशण गरेर बोल्न थाल्यो । अनि जनता आक्रोशीत भए । चुनावमा भोटहाल्नेलाई प्रश्न गर्न थाले तिमिहरुले यो के गरेको । यी प्रश्नले सरकारी पक्षका ठुलै नेतालाई भविष्यको चिन्ताले पोल्न र घोच्न थाल्यो ।  र, माधव नेपालहरु बोल्न बाध्य भए । समयमा नेताहरु र सरकारी संयत्र जनहितमा नलाग्ने हो भने जनताहरु सर्वसत्तावादको विरुद्धमा सडकमा नआउलान भन्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्