Monday 20th of January 2020

त्रिभुवन विमानस्थलमा शान्ति मिसनको विमानले ‘आपतकालीन’ अवतरण माग्याे

काठमाडाैं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज इन्धन सकिन लागेको भन्दै इथोपियन एयरलाइन्सको जहाजले पहिले अवतरणमै आपतकालिन अवतरणको अ नुमती नै माग्नु पर्यो । आकाशमा धेरै होल्ड भएर इन्धनको कारण देखाउँदै संयुक्त राष्ट्र संघ शान्ति मिसनको उक्त चार्टर उडानमा आएको जहाजले प्रायोरिटी ल्यान्डिङ एप्रुभ मागेको थियो ।

विमानस्थलको धावन मार्ग चर्किंदा त्यसको मर्मत र उडानको विक समयले धेरै जहाज आकाशमै होल्ड गरिएका थिए । जसमा पालोअनुसार उक्त जहाजले ढिलामात्र अवतरणको समय पाउने थियो । त्यतिबेलासम्म इन्धन अपुग हुने भन्दै जहाजले तत्काल अवतरण अनुमति माग गरेको थियो । यता, विमानस्थलका प्रवक्ता प्रताप तिवारीले भने विमानस्थलमा कुनै समस्या नभएको र जहाजले इन्धनको कारण देखाउँदै तत्काल अवतरणको अनुमति माग गरेको बताए ।

तर विमानस्थलको धावनमार्गमा समस्या आएको थियो । धेरै घाम र पानी पर्दा धावनमार्गको कालोपत्रे उप्किने गरेको छ । दैनिक हुने यो समस्याले उडान तथा अवतरणमा समस्या हुँदै आएको छ ।

कालेपत्रे उप्किदा विमानस्थल ३० मिनेट बन्द हुन्छ भने त्यसले ३ घण्टाको उडान अवतरण प्रभावित हुन्छ । धावनमार्गको पिचको आयु सकिएको र भूकम्पले झनै कमजोर बनाएपछि दैनिकजसो भत्किने गरेको छ । पिच परिवर्तन गर्ने भन्दै सरकारले २ वर्ष अघि टेन्डर निकालेको थियो । तर उक्त टेन्डरको काम अझै सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्