Sunday 15th of December 2019

‘महँगो रक्सी बोकेर ठूलाबडाकहाँ धाउँछन् कर्मचारी’

काठमाडौं । नेकपाकी सांसद पम्फा भुसालले ठूलो मूल्य चुकाएर आएको संघीयताप्रति गम्भीर बन्न मुख्यसचिवलगायतलाई आग्रह गर्दै उच्च पदमा पुगेका कर्मचारीले सिंहदरबारमोह त्याग्न नसकेको बताइन् ।

नेकपाका सांसद झपट रावलले सम्पत्ति शुद्धीकरण विभागका केही कर्मचारीले पैसावालहरूलाई विभागमा बोलाई थर्काएर पैसा असुल्ने गरेको बताए । विकासको बाधक सार्वजनिक खरिद ऐन भएको भन्दै यसको संशोधन गर्नुपर्ने उनको भनाइ थियो । कर्मचारीले सरुवा–बढुवा पाउन चाडबाडमा महँगा रक्सी उपहार बोकेर ठूला कर्मचारी तथा नेताहरूकोमा पुग्ने गरेको आरोपसमेत सांसद रावलले लगाए ।

नेकपाकै सांसद नवराज सिलवालले मुलुकले अपेक्षा गरेअनुसार जनताको बीचमा विकास निर्माणको काम हुन नसकेको भन्दै निर्णय नगर्ने तथा ढिलो निर्णय गर्ने प्रवृत्तिबाट सच्चिन मुख्यसचिव तथा सचिवहरूलाई सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस्