Wednesday 19th of December 2018

अमेरिकाको वाशिङटन डिसीमा नेपाली कलाकारहरुको प्रस्तुति कलिवुड नाईट साँझ सम्पन्न

अमेरिका । अमेरिकाको वाशिङटन डिसी नजिकै भर्जिनियाको अनेन्डेल शहरमा ख्याती प्राप्त नेपाली कलाकारहरुको प्रस्तुति कलिवुड नाईट बिशेष सांस्कृतिक साँझ भब्य रुपमा सम्पन्न भएको छ ।

चलचित्र नायकहरु सरोज खनाल, किरण प्रताप केसी र रीमा केसीको भुकम्प नाटक, लोकप्रिय नायिका एबम नाचमा पोख्त सारङ्गा श्रेष्ठ र कोरियोग्राफर एबम धेरै चलचित्रमा न्रित्य निर्देशन गरेका हस्ती नबिन केसीको नाच, नबिन केसी र चर्चित कोरियोग्राफर एबम न्रित्य निर्देशक लुना श्रेष्ठको नाच, लोक तथा दोहोरी गायक राम प्रसाद खनालको पञ्चेबाजाको गीत, पप क्षेत्रका हस्तिहरु सन्जिप प्रधान र सरिस्मा आमात्यका गीतहरु कार्यक्रमका
मुख्य आकर्सण थिए ।

यसै गरी कार्यक्रममा हाँस्य कलाकारहरु पुश्कर पन्त र अर्जुन दाहालको हांस्यब्यङ्ग, सुपर ममहरुको नाच, बाल बालिकाका नाच, सुनिक्षा मैनाली र राहुल केसीको नाचहरु प्रस्तुत गरिएका थिए । केसी डान्स सेन्टरका संचालक नबिन केसी र लुना श्रेष्ठले आगन्तुकलाई स्वागत गरीएकाे साे  कार्यक्रम परशु तिमल्सिना र सुजिता बस्नेतले सन्चालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सबै कलाकारहरुले मंचबाट दर्शकहरुलाई दशै को शुभकामना शाहीत बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्