Wednesday 19th of December 2018

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिर सर्वसाधारणका लागि खुला, दर्शन गर्नेको भीड

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीको अवसरमा एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्